

आठ जिल्लाका सिडिओको हेरफेर (सूचीसहित)

काठमाडौं – गृह मन्त्रालयले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको छ। ३१ असोजको गृहमन्त्रीस्तरीय निर्णयले सिडिओहरुको जिम्मेवारी हेरफेर गरेको हो।
गृह मन्त्रालयले किरण थापालाई कैलालीको सिडिओ बनाएको छ। त्यस्तै गृहले पाल्पामा जगन्नाथ पन्त, अर्घाखाँचीमा हरिप्रसाद घिमिरे, सिन्धुपाल्चोकमा बेदनिधी खनाललाई सिडिओको जिम्मेवारी दिएको छ।
गृहले डोल्पामा बेदनिधी अधिकारी, मुस्ताङमा नेत्र प्रसाद शर्मा, लमजुङमा श्रीनाथ पौडेल र स्याङजामा दिपकराज नेपाललाई सिडिओको जिम्मेवारी दिएको हो।
हेर्नुहोस् को कहाँ सरुवा भए?

