

गौशालाबाट १३ वर्षीय बालक हराए, परिवार पिडामा

काठमाडौं – पशुपति संस्कृत विद्यालय गौशालाबाट एक बालक हराएका छन्। काभ्रे नमोबुद्ध नगरपालिका–१ का १३ वर्षीय बालक प्रवेश प्याकुरेल हराएका हुन्।
बुबा हिरामणी प्याकुरेल (रामणी) का अनुसार प्रवेश पशुपति संस्कृत विद्यालय गौशालाबाट २०७८ असोज २८ गते राति १२ बजेदेखि हराएका हुन्। अहिलेसम्म प्रवेशको बारे केही पत्ता लागेको छैन।
हराएका प्रवेशलाई कहिँकतै देख्नुहुने वा फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा 9849318358 नम्बरमा सम्पर्क गरिदिन बुबा हिरामणीको आग्रह छ।
दसैंको मुखमा छोरा हराएपछि परिवार पिडामा छ। २०६५ सालमा जन्मिएका प्रवेश आफ्नो परिवारसँग काठमाडौंमा बस्दै आएका थिए।

