

यी हुन् विश्वमा ‘राज’ जमाउने कुख्यात माफियाहरू

माफिया, सुन्दामात्रै डर लाग्दो शब्द, भोग्दा के होला त्यो कल्पनामै रहने भयो । मानिसहरु सामान्य व्यवहार बिग्रँदा पनि माफियाले बिगार्यो भन्ने गर्दछन् । तर खासमा माफिया के हो त ? विश्वमा कस्ता माफियाहरु छन् त ? विश्वमा माफिया शब्दको सुरुवात सन् १८६१ मा भएको थियो र सो माफिया शब्द सिसिलियन समूहका लागि प्रयोग भएको मानिन्छ । संगठीत अपराधको सुरुवात गर्ने समूह सिसिलियनलाई नै मानिन्छ । इटालीमा विशेष गरी यस किसिमको अपराधमा संलग्न एक दर्जनभन्दा बढी समूहको प्रभाव रहेको पाइन्छ ।
संगठिन रुपमा अपराध गर्ने यी समूहले विभिन्न देशमा आफ्नो प्रभाव विसर गरिरहेका छन् भने यिनको आतंक हरेक राष्ट्रका लागि आज ठूलो चुनौतीको विषय बनिसककेको छ ।
फर्च्युनडटकम भन्ने एक अनलाइनले तयार गरेको रिपोर्टअनुसार विश्वमा सबैभन्दा धनी ५ संगठित अपराध गिरोहका २ वटा समूह त इटालीकै माफिया समूह छन् । विश्वका टप ५ समूहमा रसियाको माफिया समूह सोलनट सोभेस्काया ब्राटभाको सम्पत्ति ८.५ विलियन डलर रहेको अनुमान छ । त्यस्तै दोस्रो स्थानमा जापानी माफिया समूह रहेको छ । यामागुजी गुमी नामक जापानी माफिया समूहको सम्पत्ति ६.६ विलियन डलर रहेको मानिएको छ । त्यस्तै कमोरा नामक इटालीको समूहको ४.९ र नडराडगेटा भन्ने समूहको ४.५ विलियन डलर रहेको जनाइएको छ । त्यस्तै मेक्सिकोको सितालोआ कार्टेल भन्ने समूहको ३ विलियन डलर सम्पत्ति रहेको छ । यी बाहेक विश्वका विभिन्न माफियासमूहहरु सक्रिय रहेको पाइन्छ ।
कोशा–नोस्ट्रा
यो समूह इटालीको पुरानो, परम्परागत पद्धति र बढी प्रभाव क्षेत्र भएको माफिया समूह हो । सम्पत्ति शुद्धिकरण अपराध र विभिन्न लागू पदार्थको तस्करीमा केन्द्रीत यो समूहले यूरोपभरि आतंक मच्चाएको छ । विभिन्न अध्ययनका निष्कर्षहरु अनुसार यो माफिया समूहको प्रभाव यी देश र क्षेत्रमा बढी देखिन्छ । साउथ अफ्रिका, स्पेन, क्यानडा, अमेरिका, भेनेजुयलालगायतका मुलुकमा बढी प्रभाव देखिएको छ ।
नङराङघेटा समूह
यूरोपियन कोकिन बजारको सबैभन्दा ठूलो नाइके यो समहको युरोपको अन्य देशमा राजनीतिक पार्टी र नेतासँग राम्रो सम्बन्ध रहेको गरिन्छ । राजनीतिक फेरो समाएर आफ्नो अपराधलाई छिपाउन माहिर यो समूह आर्थिक कारोवार भने सबै आपराधिक क्षेत्रमा संलग्न छ।
यो समूहको प्रभाव क्षेत्र भनेको स्पेन, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड स्वीजरल्याण्ड, क्यानडा, अमेरिका, कोलम्बीया र अष्ट्रेलिया रहेको छ।
कमोरा समूह
इटालीको पुरानो संगठित आपराधिक समूह हो । यो समूहमा संलग्न अपराधी आफ्नो मालिक प्रति धेरै प्रतिबद्ध रहने गरेका छन्। लागूपदार्थ ओसारपसार। नक्कली चोट निर्माण, बिक्रीवितरण र तस्करी, जाली नोट कारोवार यसका मख्य अपराध हुन्।
यूरोपमा बढी फेला पर्ने नक्कली युरोको उत्पादक यही समूह भएको विश्वास गरिन्छ । यो समूहको प्रभाव क्षेत्र खासगरी स्पेन, फ्रान्स, नेदरल्याण्ड, जर्मनी, स्वीजरल्याण्ड, पूर्वी यूरोप, अमेरिका र ल्याटिन अमेरिकी क्षेत्र हो ।
अपुलियन समूह
लागू औषध तस्करीमा विशेष संलग्न यो समह पनि इटालीको अर्को संगठित आपराधिक समूह हो । फोहोर व्यवस्थापन, साना हतियार ओसारपसार, नक्कला चुरोट कारोवार, लागुपदार्थ तस्करी बेचबिखन र ओसार पसार जस्ता गतिविधिमा बढी सक्रिय यो समूहको प्रभाव क्षेत्र नेदरल्याण्ड, जर्मनी, स्वीजरल्याण्ड र अलबानिया रहेको छ।
यी देखि बाहेक स्टीडा, कुरसोटी, लौडानी जस्ता अरु पनि समूहहरु इटाला रहेका छन् जसको प्रभाव क्षेत्र यरोपभित्र वा बाहिर पनि रहेको छ।
यी देखि बाहेक विश्वका अन्य देशमा रहेका खतरनाक संगठित गिरोहमा जापानको यामागुजी गुमी भन्ने संगठन हो जसको प्रभाव एशिया, यूरोप र अमेरिकाका कयौं राज्यसम्म फैलिएको छ।
मानव बेचबिखन देखि लागू औषधको कार्टेलिङ गर्ने यो समूह निकै शक्तिशाली संगठन हो । यस्तै गरेर कोलम्बियन माफिया र मेक्सिकन माफिया पनि संगठित आपराधिक समूहमा शक्तिशाली संगठन अन्तर्गत पर्दछन् ।
(दीपक शर्माको ‘संगठित अपराधको चक्रब्यूह’ पुस्तकबाट)

