

२५ दिनपछि बालुवाटारमा ओली–प्रचण्ड वान टु वान भेटवार्ता

काठमाडौं– सचिवालय बैठक अघि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा शनिबार वान टु वान वार्ता भएको छ।
२५ दिन लामो संवादहीनता तोड्दै भएको वार्तामा दुवै प्रस्ताव फिर्ता लिएर साझा प्रस्तावका लागि तयारी गर्ने, सचिवालय बैठक केही समयका लागि बस्ने विषयलगायतमा कुराकानी भएको बताइन्छ।
ओलीलाई भेट्नुअघि प्रचण्डले खुमलटारस्थित निवासमा माधव नेपाललगायतका नेताहरुसँग छलफल गरेका थिए ।

