गुल्मीमा चिर्पट प्रहार गरी ठूलीआमाको हत्या


गुल्मी – रेसुंगा नगरपालिका-१३ दुवीचौचका २५ वर्षीय प्रकाश विकले आफ्नी ठूलीआमा ६० वर्षीय पार्वती विकका हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार आइतबार साँझ प्रकाशले चिर्पट प्रहार गर्दा पार्वतीको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका लागि गुल्मी अस्पतालमा ल्याउँदै गर्दा बाटोमै पार्वतीको मृत्यु भएको हो ।

प्रकाशलाई नियन्त्रण लिइएको प्रहरी उपरीक्षक भट्टराई जानकारी दिए। उनले ठूलीआमाको व्यवहार मन नपरेर चिर्पट प्रहार गरेको प्रहरी समक्ष बताएको भट्टराईले बताए। शवलाई अहिले गुल्मी अस्पतामा राखिएको र पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया