

‘काठमाडौं डिलेमा’ले उठाएको आईजी प्रकरण, उपेन्द्रकान्त अर्यालतिर सोझियो प्रश्न!

काठमाडौं– नेपालका लागि भारतीय पूर्वराजदूत रणजीत रायको पुस्तक ‘काठमाडौं डिलेमाः रिसेटिङ इन्डिया–नेपाल टाइज’ पुस्तकमो प्रहरी महानिरिक्षक (आईजी) नियुक्तिको प्रकरण अहिले सतहमा चर्चा भएको छ।
नेपालका मिडियाले उक्त पुस्तकलाई उल्लेख गर्दै आईजी नियुक्तिका लागि पूर्व प्रहरी नायव महानिरिक्षक (डिआईजी)हरू नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीको नामलाई चर्चामा ल्याएका छन्।
उक्त पुस्तकमा तत्कालिन गृहमन्त्रीले पनि सोधेको भन्ने प्रश्न उठेको छ। तत्कालिन डिआईजीको नाम आएपछि त्यसबेला गृहमन्त्री रहेका बिमलेन्द्र निधिले यसको खण्डन गरिसकेका छन्। यद्यपि पुस्तकमा उठाइएको सांकेतिक प्रसङको आन्तर्य कुन प्रकरणमा हो भन्नेचाहिँ विरोधाभाष बनेको छ।
नाम उचालिएका हाल प्रतिनिधि सभा सदस्य रहेका सिलवालले आफू दूतावासमा कहिल्यै पनि नगएको बताएका छन्। उनले त चुनौतिसाथ भनेका छन्,‘म तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ त गइन, दूतावास जाने भन्ने यो फगत र बकवास विषय हो। पुस्तक पढेको छैन तर मिडियामा यसरी आएका छन् कि विश्वसनियता गुम्दैछ।’
मिडियाहरूमा यी समाचार आएपछि यस विषयमा एक जना ब्लगर सालोक्यले चिरफार गर्ने कोशिश गरेका छन्। उनले उक्त प्रकरणको तथ्यगत चिरफार गर्दा प्रश्न तत्कालिन आईजी उपेन्द्रकान्त अर्याल र गृहमन्त्री रहेका माधव घिमिरेतिर सोझिन सक्ने विश्लेषण गरेका छन्।
उनको अन्वेषण तलको ब्लगमा छ।
आइजी छान्न भारतीय राजदूतलाई सोध्ने गृहमन्त्री को हुन्? यसरी चिप्लियो ‘कान्तिपुर’

