रामेछाप कांग्रेसको जारी मतगणना रोकियो


रामेछाप – रामेछाप कांग्रेसको जारी मतगणना रोकिएको छ ।

महाधिवेशन प्रतिनिधिको मतपेटिकामा जिल्ला समितिका पदाधिकारीको मतपत्र भेटिएपछि जारी मतगणना रोकिएको हो । महाधिवेशन प्रनिनिधिको मतगणना गर्दा जिल्ला समितिका उपसभापति लगायत पदाधिकारीका लागि गरिएको मतपत्रसमेत भेटिएपछि मतगणनाको क्रममा विवाद समेत उत्पन्न भएको उपाध्यक्षका उम्मेदवार नवराज थोकरले बताए ।

थोकरका अनुसार पदाधिकारीका ४९ मतपत्र महाधिवेशन प्रनिनिधिको मतपेटिकामा भेटिएकाले उक्त मतको गणना गर्ने कि नगर्ने भन्ने सम्बन्धमा विवाद भएको हो ।

फरक मतपेटिकामा भेटिएका मतको टुंगो नलाग्दासम्म मतगणना हुन नसक्ने अडान एक पक्षले गरेपछि जिल्ला निर्वाचन समितिले उक्त विषयको टुंगो दिन सकेको छैन । समितिले यसबारे निर्णय दिन केन्द्रीय निर्वाचन समितिलाई नै आग्रह गरेको छ ।

 

प्रतिक्रिया