घुस लिएर नागरिकता प्रतिलिपि दिने धनुषा प्रशासनका नासुविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोेपमा पक्राउ परेका जिल्ला प्रशासन कार्यालय धनुषाका नायब सुब्बा उमेशकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । आयोगले हिजो (सोमबार) विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।

नासु चौधरीले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउनको लागि बिभिन्न बहाना बनाई ८,५०० रुपैँया घुस माग गरेको भन्ने सुचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले नासु चौधरीलाई सेवाग्राहीबाट ८,५०० घुस लिइसकेको अवस्थामा गत भदौ २२ गते घुससहित नियन्त्रणमा लिइएको थियो ।

घुससहित पक्राउ परेका चौधरीलाई अनुसन्धानको क्रममा भ्रष्टाचार भएको ठहरसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

नासु चौधरीले जन्ममिति सच्याइ नागरिकता प्रतिलिपि बनाउने गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया