ईपीएल क्रिकेटः विराटनगरद्वारा पोखरालाई १७३ रनको लक्ष्य


काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर वारियर्सले पोखरा राइनोजलाई जितका लागि १ सय ७३ रनको लक्ष्य दिएको छ  ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो ।

विराटनगरका लागि आसिफ शेखले ३३ बलमा ६ वटा चौकाको मद्दतमा सर्वाधिक ४४ रन जोडे भने सिकन्दर राजाले २० बलमा २९ रन जोड्दा तीन छक्का र एउटा चौका हिर्काए ।

सन्दीप रजालीले २८ रनको योगदान गरे । कप्तान करण केसीले ९ बलमा २४ रन बनाउदा तीन छक्का प्रहार गरे । दिलसान मुनाविराले १६, अनिल साहले १२ र चन्द्रपाउल हेमराजले २ रन जोडे ।

पोखराका विक्रम सोवले २ विकेट लिए । विवेक यादव, नन्दन यादव र सहन आराछिगेले एकरएक विकेट हात पारे ।

आज विराटनगर पहिलो जित निकाल्ने योजनामा रहेको छ । करण केसीको कप्तानीमा रहेको विराटनगरले ३ खेलमा जित निकाल्न सकेको छैन ।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा भने दोस्रो जित निकाल्न चाहन्छ । पोखरा ३ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया