सामाखुशीबाट ११ ग्राम ब्राउन सुगरसहित चार पक्राउ


काठमाडौं- राजधानीको सामाखुशीबाट ११ ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको एक टोलीले सामाखुशीबाट तनहुँ र गोरखा घर भई हाल राजधानी बस्ने चारजनालाई उक्त परिमाणको ब्राउन सुगर, तौल लिने मेसिन र नगदसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट ४३ हजार नगद पनि बरामद गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जनाए ।

पक्राउ पर्नेमा तनहुँ तालघरे स्थायी घर भई हाल सामाखुशी बस्ने ३० वर्षीय प्रवीण कैनी, गोरखा भिमसेनथापा गाउँपालिका घर भई हालस म्हेपी बस्ने ३३ वर्षीय इशान थापा, गोरखा मकैसिं घर भई हाल पवित्रनगर बस्ने खिलबहादुर अधिकारी र गोरखा घर भई हाल बनस्थली बस्ने ३० वर्षीय राजु ढकाल रहेको डीएसपी खड्काले बताए ।

खड्काले उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको पनि बताए ।

प्रतिक्रिया