अमिताभले भावुक हुँदै श्वेताको लागि लेखेकाे पाेष्टमा प्रशंसा


काठमाडाैं – आज अन्तराष्ट्रिय वर्ल्ड डटर्स डे हो । आज सामाजिक सञ्जालमा बलिउड कलाकारहरुले छोरीहरुको प्रशसा गर्दै पोस्ट गरिरहेका छन् ।

बलिउडका महानायक अभिताभ बच्चनले छोरी श्वेता बच्चन नन्दाको लागि आज विशेष पोस्ट गरेका छन् । उनले श्वेतासँगको केही तस्विर शेयर गर्दै भावुक पोस्ट गरेका हुन् । अमिताभले लेखेका छन्,‘हैप्पी डटर डे । तर प्रत्येक दिन छोरीको दिन हुन्छ ।’

श्वेता बच्चन पितासँग धेरै नजिक छिन् । उनले सामाजिक सञ्जालमा पितासँगको फोटो शेयर गरेकी हुन्छिन् । श्वेताको १९९७ मा व्यवसायी निखिल नन्दासँग विवाह भएको थियो । श्वेता र निखिलको हाल २ सन्तान पनि छन् । उनीहरुको नाम अगत्स नन्दा र नव्या नवेली हो ।

 

View this post on Instagram

 

A post shared by Amitabh Bachchan (@amitabhbachchan)

प्रतिक्रिया