काभ्रेका कमानसिंह लामामाथि बिराटनगरमा खुकुरी प्रहार


काठमाडौं– काभ्रेका कमानसिंह लामामाथि बिराटनगरस्थित उच्च अदालतको गेटैमा आइतबार खुकुरी प्रहार भएको छ। घाइते लामा इँटा व्यापारी भएको प्रहरीले जनाएको छ।

विराटनगर–६ रामपुरका २५ वर्षीय बिमल कार्कीले लामामाथि खुकुरी प्रहार गरेका हुन्। कार्कीको खुकुरी प्रहारबाट लामा घाइते भएका छन्। खुकुरी प्रहार गर्ने कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

खुकुरी प्रहार गर्नुको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया