

चीनमा इन्टर्नसीप गर्न बाँकी विद्यार्थीलाई कुटनीतिक पहल गरेर पठाउन समितिको निर्देशन

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चीनमा एमबीबीएस अध्ययन गरेका तर इन्टर्नसीप गर्न नपाएका विद्यार्थीलाई कुटनीतिक पहल गरेर चीन पठाउन निर्देशन दिएको छ ।
आइतबार बसेको समितिको बैठकले चीनमा एमबीबीएस गरेका विद्यार्थीको इन्टर्नसीप बाँकी छ भने कुटनीतिक पहल गरेर उतै पठाउन निर्देशन दिएको हो ।
चीनमा सन् एमबीबीएस अध्ययन गरेका सन् २०१५ र सन् २०१६ ब्याचका विद्यार्थी कोरोना महामारीका कारण स्वदेश फर्किँदा इन्टर्नसीप गर्न पाएका छैनन् । उनीहरुले इन्टर्नसीप गर्न चीन जान पाउनुपर्ने वा नेपालमै व्यवस्था गर्न माग गरेका छन् ।
सअघि पनि शिक्षा तथा स्वास्थ्य समितिले कुटनीतिक पहल गरेर इन्टर्नसीप गर्न बाँकी विद्यार्थीलाई चीन पठाउन निर्देशन दिएको थियो । तर हालसम्म विद्यार्थीको समस्या समाधान नभएपछि पुनः निर्देशन दिएको हो ।

