कपनको ढलमा परेका बालकको शव ललितपुरमा फेला


काठमाडौं – काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ। ललितपुरको बागमती गाउँपालिका वडा नम्बर १ घुसेलस्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका थिए। ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो।

महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शनिबार साँझ स्थानीयले शव बागमती नदी किनारमा देखेका थिए।

प्रतिक्रिया