५ दिनअघि कपनस्थित ढलबाट खसेका बालकको शव ललितपुरमा भेटियो


ललितपुर – कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ। गत मंगलबार कपनस्थित खुला ढलबाट खसेर बेपत्ता भएका विकको शव ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।

ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन् ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेकोले प्रहरीले पुगेर शवको पहिचान गरेको थियो ।

कपन मा.वि. लेखेको कपडा लगाएकोले भएकाले उक्त शव विककै हुने अनुमान गरिएको छ । ‘कपन मावि लेखेको लुगा लगाएको भेटिएको छ,’ बज्राचार्यले भनिन्, ‘चापागाउँमा बस्ने उनको माइजु नाता पर्ने महिला शव पहिचानका लागि शव फेला परेको स्थानमा आउँदै हुनुहुन्छ।’

प्रतिक्रिया