

कांग्रेस गोरखाको सबै पालिकामा नेतृत्व चयन, गण्डकीमा होमबहादुर राना

काठमाडौं – १४ औं महाधिवेशनको तयारी भइरहँदा नेपाली कांग्रेसले गोरखाका सबै नगर तथा गाउँपालिकामा अधिवेशन सम्पन्न गरेको छ। शनिबार सम्पन्न अधिवेशनले नगर तथा गाउँ कार्यसमितिको नेतृत्व चयन गरेको छ।
अधिवेशनले ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ भने पाँचवटा पालिकामा मतदान प्रक्रियाद्वारा नेतृत्व चयन गरेको हो। गण्डकी गाउँपालिकाको सभापतिमा होमबहादुर राना सर्वसम्मत चयन भएका छन्।
यस्तै उपसभापतिहरुमा नरबहादुर पाण्डे र अमृतनारायण श्रेष्ठ निर्वाचित भएका छन्। सचिवहरुमा कृष्ण सापकोटा र नवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।
त्यस्तै चुमनुब्री गाउँपालिका कार्यसमितिको सभापतिमा सूर्य गुरुङ पनि सर्वसम्मत चयन भएका हुन्। उपाध्यक्षहरुमा वीरबहादुर लामा (सामा) र कल्यान छेवाङ लामा (बिही), सचिवमा सोनाम धार्के लामा (छेकम) र सोनाम लामा (चुम्चेत) सर्वसम्मत चयन भएका हुन्।
त्यसैगरी धार्चे गाउँपालिका कार्यसमिति सभापतिमा सन्तोष गुरुङ सर्वसम्मत चयन भएका छन्। उपसभापतिमा दीपक गुरुङ र आशबहादुर घले सर्वसम्मत चयन भएका छन्। सचिवमा वुद्धिराज गुरुङ र सागर गुरुङ सर्वसम्मत चयन भएका सभापति गुरुङले जानकारी दिए।
यसैगरी आरुघाट गाउँपालिकाको सभापतिमा राजु गुरुङ पनि सर्वसम्मत चयन भएका छन्। उपसभापतिहरुमा कृष्णप्रसाद श्रेष्ठ र यमबहादुर कार्की सर्वसम्मत भएका छन्। सचिवमा विशाल गुरुङ र एकदत्त खनाल चयन भएका हुन्।
शहीदलखन गाउँपालिकाको सभापतिमा काशीनाथ अम्गाई सर्वसम्मत चयन भएका हुन्। उपसभापतिहरुमा ध्रुव पोखरेल र टेकबहादुर गुरुङ र सचिवहरुमा चेतबहादुर थापा र बासु रेग्मी सर्वसम्मत चयन भएका छन्।
अजिरकोट गाउँपालिकाको सभापतिमा पनि जंगबहादुर गुरुङ सर्वसम्मत चयन भएका हुन्। सचिवहरुमा चीरञ्जिवी धिताल र कृष्ण घले सर्वसम्मत चयन भएका छन्। उपसभापति, सहसचिव र कोषाध्यक्ष भने आइतबार चयन गर्ने गरी स्थगित गरिएको थियो। सम्भवतः आज टुंगो लाग्नेछ।
अब बारपाक सुलीकोट गाउँपालिकाको प्रमुखमा जीतबहादुर घले निर्वाचित भएका हुन्। कूल सदर मतमध्ये ८९ मत प्राप्त गरी घले विजयी भएका हुन्। उनका निकटत्तम प्रतिद्वन्द्वी केशरी ढकालले ४१ मत प्राप्त गरेका थिए।
त्यस्तै उपसभापतिहरुमा दलबहादुर तामाङ र सुकबहादुर गुरुङ निर्वाचित भएका छन्। सचिवमा नरहरि वाग्ले र धर्म भट्ट निर्वाचित भएको जीतबहादुर घलेले जानकारी दिए।
त्यस्तै गोरखा नगरपालिकाको नगर कार्यसमितिको सभापतिमा चन्दनबाबु खत्री निर्वाचित भएका छन्। कूल सदरमत एक सय ६३ मध्ये एक सय ५१ मत प्राप्त गरी खत्री निर्वाचित भएका हुन्। त्यस्तै सचिवहरुमा सावित्रा थापा मगर र दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।
गोरखाको पालुङ्टार नगरपालिकाको नगर कार्यसमितिको सभापतिमा बिमल ढकाल निर्वाचित भएका छन्। कूल सदरमत दुई सय ७६ मध्ये एक सय २३ मत प्राप्त गरी ढकाल निर्वाचित भएका हुन्।
उनका निकटत्तम प्रतिद्वन्द्वी अमर धितालले ५३ मत प्राप्त गरेका थिए। त्यस्तै नगर कार्यसमितिको उपसभापतिहरुमा सिताकुमारी अधिकारी र हरिप्रसाद भट्टराई निर्वाचित भएका छन्।
यस्तै सिरानचोक गाउँपालिकाको गाउँ कार्यसमितिको सभापतिमा भक्तबहादुर गुरुङ निर्वाचित भएका छन्। कूल सदर मत एक सय ३० मध्ये ६८ मत प्राप्त गरी गुरुङ विजयी भएका हुन्।
निकटत्तम प्रतिद्वन्द्वी ज्ञानेन्द्र गुरुङले ६२ मत प्राप्त गरेका थिए। २३ मत भने बदर भएको थियो। गाउँ कार्यसमितिको उपसभापतिहरुमा सुकमान गुरुङ र सरोज ढकाल सर्वसम्मत चयन भएका छन्। त्यस्तै सचिवहरुमा बलराम थापा र जगदीश ढकाल सर्वसम्मत चयन भएका छन्।
यस्तै त्यस्तै भीमसेनथापा गाउँपालिकाको गाउँ कार्यसमितिको सभापतिमा नारायण भट्टराई निर्वाचित भएका छन्। कूल सदर मतमध्ये १०९ मत प्राप्त गरी भट्टराई विजयी भएका हुन्।
उनका निकटत्तम प्रतिद्वन्द्वी विदेश नराल (लक्ष्मण)ले ५२ मत प्राप्त गरेका थिए। गाउँ कार्यसमितिको उपसभापतिहरुमा नवराज अधिकारी र कृष्ण ढकाल विजयी भएका छन्। सचिवहरुमा टलक गुरुङ र जीवनाथ पुडासैनी निर्वाचित भएका छन्।

