यी हुन् सुनसरीका दुई उपमहानगर र दुई नगरपालिका समितिका बिजेता कांग्रेस सभापति


काठमाडौं– नेपाली कांग्रेसको नगर अधिवेशन अन्तर्गत सुनसरीका दुई उपमहानगरपालिका र दुई नगरपालिकाले नयाँ नेतृत्व पाएको छ।

१४ औ महाधिवेशन अन्तर्गत  सुनसरीमा भएको नगर अधिवेसनमा इटहरी उपमहानगरपालिका समितिको सभापतिमा हेमकर्ण पौडेलले जीत हासिल गरेका छन्। उनी तेस्रो पटक नगर सभापति बनेका हुन्।

यसैगरी घरान उपमहानगरपालिका समितिको सभापतिमा श्याम पोखरेलले जीत निकालेका छन्।

यस्तै इनरुवा नगर सभपतिमा राजन मेहताले जीत निकालेका छन्। उनी उक्त नगरपालिकाका मेयर पनि हुन्। रामधुनी नगर सभापतिमा सुदीप अधिकारीले जीत निकालेका छन्। उनी दोस्रो पटक नगर सभापति बनेका हुन्।

शनिबार सम्पन्न अधिवेशनमा सुनसरी कांग्रेस अन्तर्गतका विभिन्न पालिकामा नयाँ नेतृत्व चयन भएका हुन्।

प्रतिक्रिया