दसैंतिहार लक्षित हुन्डाईको अफर


काठमाडौं – हेविइक्विपमेन्ट हुन्डाईले चाडपर्वको अवसरमा आकर्षक योजना प्रस्तुत गरेको छ।

दसैंतिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाई आर २२ ओएलएस एक्साभेटरको खरिदमा ३ लाख रूपैयाँ नगद छुट, ४३ इन्चको एमआई टिभी प्रो, दुई हजार घण्टासम्म फ्री फिल्टर किट आदि सुविधा प्रदान गर्ने भएको छ।

पर्वको समयमा कम्पनीले ५ लाख रूपैयाँसम्मको सुविधासमेत प्रदान गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया