

किन अटेटन् समाजवादीको दर्जन पदाधिकारीमा बिरोध खतिवडा र मेटमणि ?

काठमाडौं — राजधानीमा जारी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुंगो सँगै प्रभावशाली मानिएका विरोध खतिवडा र मेटमणि चौधरी पदाधिकारी पदमा अटाउन सकेनन ।
तीनदिनदेखि चलिरहेको केन्द्रीय कमिटी बैठकले विभिन्न छलफलपछि पदाधिकारीको नाम टुंगो लगाउँदै अनुमोदनका लागि केन्द्रीय कमिटि बैठकमा प्रस्तुत गर्दै-गर्दा खतिवडा र चौधरीबाहेकका नेताहरू पदाधिकारीमा चयन गरिएको हो । उनीहरूको बारेमा बैठकमा छलफल जारी नै रहेको जनाइएको छ ।
त्यस्तै पोलिटब्यूरोको नामावली पनि टुंगाे लाग्ने जनाइएको छ ।
बैठकले एक महासचिव, चार उपाध्यक्ष, तीन उपमहासचिव र चार सचिवको नाम तय गरेको जनाइएको छ । उक्त नामावली आजै सम्पन्न हुन लागेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने कार्यक्रम रहेको छ ।
पार्टीको महासचिवमा बेदुराम भुसाल प्रस्तावित भएका छन् भने उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई चयन भएका छन्।
त्यस्तै उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्। त्यस्तै सचिवका लागि जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री चयन भएको बैठकमा सहभागी एक नेताले भने ।
नामावली टुंगो लागिसकेको यस अवस्थामा जारी केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने जनाइएको छ ।

