घरमा लुकाई राखेको गाजाँसहित पक्राउ


सर्लाही – घरमा लुकाईराखेको गाजाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हरिवन नगरपालिका १० ब्रहमटोल बस्ने ५३ वर्षीय कुलदास घिसिङ करिब १२ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार साँझ पक्राउ परेका हुन् ।

उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले घर तलासी गर्दा कोठामा लुकाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

४ किलो गाँजाको धुलोसहित एक पक्राउ
लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका १० बालुवा खानीबाट ४ किलो ६ सय ६४ ग्राम अवैध लागूऔषघ गाँजाको धुलो जस्तो देखिने पदार्थ सहित दोलखा तामाकोशी गाउँपालिका ५ बस्ने ४० वर्षीय योगराज पोखरेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उक्त ठाउँमा लागूऔषध बिक्री बितरण भइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया