१९ वर्ष जेल बसाईपछि पनि नसुध्रिएका तामाङसहित ९ पक्राउ

कतार पठाउन लागिएको साढे ७ किलो चरेश बरामद


काठमाडौं – लागू औषध नियन्त्रण ब्यूरोले कतार पठाउन लागिएको साढे सात किलो चरेससहित ९ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोले २०५४ सालमा लागू औषध हेरोइनसहित पक्राउ परी १९ वर्ष जेल सजाय भुक्तान गरी २०७३ सालमा रिहा नुवाकोटका उर्पा तामाङलाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले गत भदौ २१ गते कतार एयरवेजबाट दोहा जानका लागेका म्याग्दी मंगला गाउँपालिकाका श्यामप्रसाद रोका, सोही ठाउँका वीरबहादुर रोकाको साथबाट ४ किलो ३५ ग्राम अवैध चरेससहित पक्राउ गरेको हो । सो कारोबारमा संलग्न मयाग्दी मंगला गाउँपालिका ३ का दिलबहादुर रोका, धादिङ गंगाजमुना गाउँपालिकाका अनिलबहादुर घले, सोही ठाउँका सुनबहादुर गुरुङ, धादिङ खनियाबासका २८ वर्षीय यांकी भनिने जीतबहादुर तामाङ र सोहीगाउँका कृष्णबहादुर समेत पक्राउ परेको ब्यूरोले जनाएको छ ।

त्यसैगरी ब्यूरोले कतार पठाउन भनी उक्त लागूऔषध चरेश दिने नुवाकोट विदुर–१३ का उर्पा तामाङलाई पक्राउ गरी निजको काठमाडौंस्थित सामखुशीको डेरा खातलासी गर्दा विभिन्न हेन्डीक्राप्mटका सामानहरुबाट ३ किलो ५७९ ग्राम चरेशको पाना बनाउन प्रयोग गरिने औजार र कार्टुन समेत बरामद गरिएको जनाइएको छ । उक्त कारोबारमा संलग्न बिदुर–९ का बिरबहादुर तामाङलाई भदौ ३० गते पक्राउ गरेको पनि जनाइएको छ ।

उर्पा र बिरबहादुरले भारतीय नागरिकसमेतको संलग्नतामा भारत हुँदै हङकङ, थाइल्यान्ड, टर्कीलगायतका देशमा अवैध लागूऔषध चरेश निकासी गर्दै आएको अनुसन्धानमा खुलेको ब्यूरोका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जनाए ।

प्रतिक्रिया