

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं – झापा, मेचीनगर नगरपालिका-४ राईसिंगस्थित नेपाल भारत सिमा क्षेत्रबाट ९ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बाहुनडागी र बिओपी बाहुनडाँगीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-३० पावरहाउस नजिकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित पोखरा महानगरपालिका-१० रामबजार बस्ने १८ वर्षीय किशोरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९६२१ नम्बरको गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

