कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ


महोत्तरी – सोनमा गाउँपालिका-२ तरारी बस्ने ५५ वर्षीय राम प्रसाद यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-७ सुन्दरपुर बस्ने ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा रहेका छन् । सोही नगरपालिका-७ मैनटोलस्थित विश्वकर्मा पुजाको मेलामा पुजाको विषयमा विवाद भई कुटपिट हुँदा बेहोस भएका राम प्रसाद यादवको घरमा ल्याएपछि मृत्यु भएको थियो ।

उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी मगरथानाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया