लुम्बिनी मेडिकल कलेज पाल्पामा २ संक्रमितको मृत्यु


पाल्पा – पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । उक्त कलेजमा उपचार गराइरहेका पाल्पाका एक र स्याङ्जाका एक जना गरी दुईजनाको मृत्यु भएको कलेजले जनाएको छ ।

पाल्पाको बगनासकाली गाउँपालिका—१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका—४ का ३९ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

मेडिकल कलेजका अनुसार पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको र १४ गते अस्पताल भर्ना भएका थिए ।

मंसिर १ गते अस्पताल भर्ना भएका स्याङ्जाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

प्रतिक्रिया