

भरुवा बन्दुक सहित १ जना पक्राउ

मोरङ – मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४३ वर्षीय जगत बहादुर लिम्बुलाई २ नाल भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी टाडि र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी लिम्बुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

