डुबेर २ बालिकाकाे मृत्यु


काठमाडौं – रौतहट, देवाही गोनाही नगरपालिका-७ स्थित निर्माणाधिन पोखरीमा घुगि टिप्ने क्रममा डुबेर कटहरिया नगरपालिका-६ बस्ने रामकलेश महतोको छोरी १० वर्षीया निसु कुश्वाहा र वृन्दाबन नगरपालिका-२ बस्ने जंग बहादुर पटेलको छोरी १४ वर्षीया मुस्कान कुमारीको बिहीबार दिउँसो मृत्यु भएको छ ।

भोजपुर, आमचोक गाउँपालिका-१ र २ को सिमानास्थित छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर आमचोक गाउँपालिका-१ खाम्ताङ बस्ने डिकमान परियारको छोरी १४ वर्षीया  तारा परियारको बिहीबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा तारा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुर, प्रहरी चौकी वासिङथर्पु र ईलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया