

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो

काठमाडौं – नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ।
मंगलबार तोलाको ९० हजार ६ सयमा कारेबार भएको सुनको मुल्य बुधबार तोलामा ६ सयले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ।
तयस्तै तेजाबी सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

