

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका-५ सल्लाघारीस्थित ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं पेप्शीकोला बस्ने ४२ वर्षीय सोमनाथ अधिकारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
जगातीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा.९ च २७६३ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग कटुन्जे र ट्राफिक प्रहरी समेतको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा मादक पदार्थ सेवन जाँच गर्न खोज्दा विवाद गरी १ थान ब्रेथलाईजर फुटाउनुको साथै प्रहरीलाई अभद्र व्यवहार गरेपछी कार चालक सोमनाथलाई प्रहरीले पक्राउ गरेको हो ।

