आफ्नै प्रेमिकाको अश्लिल तस्बिर सार्वजनिक गर्ने जिरेल पक्राउ


काठमाडौं – महानगरीय अपराध महाशाखाले सामाजिक संजालमा आफ्नै केटी साथीको अश्लिल फोटो, भिडियो पोष्ट गर्ने एक युवक पक्राउ गरेको छ ।

महाशाखाका अनुसार प्रेमसम्बन्ध रहेका बखत खिचिएका अश्लिल फोटोहरु इन्स्टाग्राममा पोष्ट गर्ने दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नं. ८ घर भई हाल टोखा बस्ने २३ वर्षीय सुजन जिरेललाई पक्राउ गरिएको हो ।

जिरेलले सामाजिक संजाल फेसबुक र इन्स्टाग्राममा आफ्नो प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो, भिडियोहरु प्रेमिकासँग विवाद गरे पश्चात मोबाईल समेत खोसी लिई फेसबुक, ईस्ट्राग्राममा अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेको जनाइएके छ ।

उनलाई काभ्रेको पाँचखालमा लुकिछीपि बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेसँगको समन्वयमा पक्राउ गरिएको जनाइएको छ ।

जिरेललाई बिद्युतिय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया