एमाले मनाउन सभामुख सापकोटालाई सर्वदलीय बैठकमा सुझाव


काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई मनाएर प्रतिनिधि सभाको बैठक सहज बनाउन सभामुख अग्नी सापकोटालाई सर्वदलीय बैठकमा सहभागी दलले सुझाव दिएका छन्।

सोमबार सापकोटाले बोलाएको बैठकमा सदन अबरोध गरिरहेको एमाले नै सहभागी नभईकन कुनै निष्कर्श निकाल्न नसकिने धारणा राख्दै नेताहरुले सभामुखलाई नै जिम्मा दिएका छन्।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायत सदनमा सहभागी दलका नेता पुगेका थिए। एमाले र राप्रपाका सांसद राजेन्द्र लिङदेन भने उपस्थित थिएनन्।

प्रतिक्रिया