२७ वर्षीया महिला झुण्डिएको अवस्थामा मृत्त फेला


सुर्खेत – दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
चामुण्डा बिन्द्रासैनी नगरपालिका–५, बेडुखाडाकी २७ बर्षीया भावना देवकोटाको झुण्डिएको अवस्थामा शव फेला परेको दैलेख प्रहरीले जानकारी दिएको छ ।

उनको शव आफ्नो घरदेखि झण्डै पाँच सय मिटर टाढा रहेको टिमिलाको रूखमा झुण्डिएको अवस्थामा शव फेला परेको बताइएको हो । सोही वडाका वडा अध्यक्ष नारायण रेग्मीले ती महिला २७ गते साँझदेखि हराइरहेको जानकारी दिए । खोजतलास गर्दा सोमबार बिहान ६ बजेतिर उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

ती महिलाका पाँच महिनाको एउटा छोरा दूधे बालक र छ वर्षकी एउटा छोरी गरी दुई सन्तान रहेको जानकारी दिए । दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले शवलाई पोष्टमार्टमका लागि दुल्लु अस्पताल लिने तयारी भईरहेको बताए ।

प्रतिक्रिया