डिआईजी पोखरेल एआईजी बढुवाका लागि सिफारिस


काठमाडौ- नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागी सिफारिस भएका छन्।

सोमबार साँझ गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको वैठकले पोखरेललाई एआईजीमा बढुवाका लागी सिफारिस गरेको हो। एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ।

महानगरिय आयुक्तको कार्यालय रानीपोखरी दरबन्दी भएका पोखरेल एसपीपछिका बढुवाहरुमा जम्प हान्दै विवादित बाटोबाट बढुवा भईरहने प्रहरी अधिकृतका रुपमा चिनिएका छन्। एसपीबाट एसएसपी बढुवामा आफुभन्दा सिनियर ब्याचलाई समेत पछि पारेर बढुवा भएका पोखरेल डिआईजीमा पनि एकल बढुवा भएका थिए।

ब्याचका डिआईजीहरु सहकुल थापा, धिरजप्रताप सिह, रविन्द्र धानुक, उत्तम सुवेदीलगायतलाई पछि पारेर सोमबार भएको एआईजी बढुवाको सिफारिसपछि पोखरेललाई प्रहरी संगठनमा भावि आईजीपीका रुपमा पनि हेरिएको छ।

प्रतिक्रिया