

सडकमा उर्लियो राजतन्त्र पक्षमा जुलुस

काठमाडौं– राजधानीको सडकमा राजतन्त्रको पक्षमा जुलुस निस्किएको छ।
सोमबार काठमाडौंका सडकमा निस्किएको जुलुसले पृथ्वीनारायण शाहको तस्वीरसहितका प्लेकार्ड र राष्ट्रिय झन्डा प्रयोग गरेको थियो।
राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा प्रदर्शन भएको हो। केही दिनदेखि देशव्यापी रुपमा राजतन्त्रका पक्षमा ठूला प्रदर्शन हुन थालेका छन्।
माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा लगाएका थिए।

