


एमालेजस्तै हुने हो भने माओवादी विघटन गरे हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी रूपान्तरण पनि नहुने र क्रान्ति पनि नगर्ने हो भने माओवादी विघटन गरिदिए हुने बताएका छन् ।
बुधबार काठमाडौंमा पार्टीले गरेको एक कार्यक्रममा प्रचण्डले सजिलै पार्टीका नेतारकार्यकर्ता रूपान्तरण नहुने अवस्था देखिएको बताएका हुन्। उनले अलि बल गरेर पार्टीलाई रूपान्तरण गर्न खोजिएको र क्रान्तिकारी पार्टी बनाउन खोजेको पनि बताए। पार्टी अध्यक्ष प्रचण्डले क्रान्ति गर्छौं भनेर पार्टीका नेता तथा कार्यकर्ताहरू प्रतिक्रान्तिमा लाग्न नहुने बताए।
‘एमालेजस्तै हुने हो भने त यो पार्टीको आवश्यकता र औचित्य नै के रह्यो ररु,’ प्रचण्डले भने, ‘बरू योभन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गरिदिनु हुन्छ।’ आफूले यसो भनेर निराशा बाँड्न भने नखोजेको उनले बताए।
‘क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा त विघटन गरौं भन्ने हो। गुट बनाउने र पैसा प्राप्ति गर्ने भए एमालेमै गए भयो त, जानुभयो त हाम्रा केही साथीहरू।’
‘एमाले र कांग्रेससँग त्यही चरित्रमा प्रतिस्पर्धा गर्न हामी कमजोर हुन्छौं। क्रान्ति र परिवर्तन गर्न सक्ने विशेषता हाम्रो हो। यो गर्न नसके हाम्रो औचित्य हुन्न,’ उनले भने।
त्यसैगरी उनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भएको आारोप समेत लगाए । आफुहरुले गठबन्धन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान चाहेको बताए ।
सत्ता गठबन्धन फुटाउन देशभित्र र बाहिरबाट षडयन्त्र भइरहेको भन्दै दाहालले भने, ‘यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ, देशभित्रबाट पनि देश बाहिरबाट पनि । एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरी लागिरहेका छन् ।’
प्रतिक्रान्तिलाई निरन्तरता दिन सत्ता गठबन्धन फुटाउने र माओवादीलाई घेरा हालेर सिध्याउने षड्यन्त्र भइरहेको आरोप उनको थियो ।
कार्यक्रममा अध्यक्ष दाहालले पार्टी रूपान्तरण पनि नहुने र क्रान्ति पनि नगर्ने हो भने

