
इटहरीमा चुरोट नपाउँदा ज्यान मार्ने शैलीको गुन्डागर्दी!
इटहरी– सुनसरीको इटहरीमा चुरोट नदिएको निहुँमा तीन जनाले ज्यान मार्नेगरीको गुन्डागर्दी गरेको खुलेको छ।
१२ मंसिर राती इटहरी–११ सिमरवनाका ३६ बर्षिय अन्तराम चौधरी चुरोट किनेर फर्किँदै थिए। इटहरी–१० का तीन जनाले चुरोट मागे, अन्तरामले दिएनन्। चुरोट नदिँदा अन्तरामले गम्भीर घाइते हुनेगरी तीन जनाको पिटाइ खाएका थिए।
इलाका प्रहरी कार्यालय इटहरीमा अनुसार अन्तरामलाई यस भन्ने अजय चौधरी, विरे भन्ने निराजन चौधरी र नेता भन्ने सुरज चौधरीले शरिरका विभिन्न भाग र संवेदनशील अंगमा निर्घात कुटपिट गरेका हुन्।
तीनै जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराई म्याद थपसहित अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।



कागजपत्र |
