रोहित र सन्दीपको उत्कृष्ट खेलसँगै पहिलो एकदिवसीयमा नेपाल विजयी


ओमान – ओमानमा जारी एकदिवसीय सिरिजमा पपुवान्युगिनीविरुद्ध नेपालले पहिलो जित हात पारेकोछ  ।

ओमानस्थित अल अमेरत रंगशालामा सम्पन्न पहिलो एकदिवसीय खेलमा नेपालले पाएको १ सय ३५ रनको लक्ष्य ३९.३ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । यससँगै नेपालले पहिलो खेलमा २ विकेटको जित हात पारेको हो ।

नेपालका लागि रोहित पौडेल र सोमपाल कामीले उत्कृष्ट साझेदारी गर्दै खेल जिताएका थिए ।

नेपालले पहिलो विकेट स्टार ब्याट्म्यान कुशल भुर्तेललाई ४६ रन बनाउँदा गुमाएको थियो । भुर्तेलले ३० रन बनाएका थिए । त्यसपछि अर्का ओपनर आसिफ शेख पनि १५ लगत्तै टिमको स्कोर ४९ रन हुँदा आउट भएपछि नेपाल संकटमा परेको थियो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्लले ६ रन बनाउँदै आउट भए ।

त्यस्तै शरद भेषवाकर ६ रन र आरिफ शेख ९ रनमा आउट भएका थिए । नेपालका कुशल मल्ल १ रन र पवान सर्राफ खाता नखोल्दै आउट भएका थिए ।

८२ रनमा सात विकेट गुमाएको नेपालको पारी त्यसपछि पौडेल र कामीले सम्हालेका थिए । नेपालको रनस्कोर पपुवान्युगिनीको सँगै बराबर अर्थात् १३४ रन बनाउँदा रोहित पौडेल आउट भएका थिए । पौडेलले ६५ बलामा ४१ रन बनाएर आउट भएका थिए । त्यसपछि अन्तिम आवश्यक १ रनका लागि डेब्यूम्यान विक्रम सोब मैदान प्रवेश गरेका थिए । त्यसपछि अन्तिममा नोबलबाट रन बनाउँदै नेपालले ३९.३ ओभरमा खेल जितेको हो । नेपालका लागि सोमपाल कामी २२ रनमा नटआउट रहेका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको ओमनले १ सय ३४ रन बनाएको थियो ।

टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए । सन्दीपले १० ओभर बलिङ गर्दै केवल ३५ रन खर्चिएर ४ विकेट लिएका हुन् ।

पपुवा न्युगिनीबाट कुनै पनि खेलाडीले अर्धशतक पनि बनाउन सकेनन् । उसका लागि लेगा सियाकाले ३०, चाल्र्स अमिनीले २३ र गौडी टिकाले २२ रन बनाए र चाद सोपरले अविजित १७ रन बनाए ।

नेपालका तर्फबाट आजको खेलमा एकदिवसीय क्रिकेटमा तीन जना खेलाडीले डेब्यू गरेका थिए ।

प्रतिक्रिया