

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा ४७ वर्षीय पुरुष पक्राउ

भक्तपुर – १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमी बस्ने ४७ वर्षीय राजेन्द्र कायस्थलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राजेन्द्रले सूर्यविनायकमा ती बालिकालाई यौन दुर्व्यबहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

