एकीकृत समाजवादीले तोक्यो प्रदेश इन्चार्ज


काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ । राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटीलाई पूर्णता दिएर पदाधिकारी चयन नहुँदासम्मका लागि काम गर्न भन्दै जिम्मेवारी बाँडफाँट गरिएको हो ।

एकीकृत समाजवादीले सुदूरपश्चिम बाहेक ६ प्रदेशका प्रदेश इन्चार्ज तोकेको हो । एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तर पार्टी निर्देशनमा प्रदेश इन्चार्ज तोकिएको उल्लेख छ।

एकीकृत समाजवादी पार्टीले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई प्रदेश इन्चार्ज तोकेको छ। सुदूरपश्चिममा भने इन्चार्ज तोक्न बाँकी छ।

त्यस्तै एकीकृत समाजवादी पार्टीले विश्वनाथ प्याकुरेललाई उपत्यका विशेष प्रदेश इन्चार्ज तोकेको छ। जनसम्पर्क विशेष प्रदेश इन्चार्जमा विजय गुरुङलाई जिम्मेवारी दिइएको छ। पार्टीले केही विभागमा समेत प्रमुख तोकेको छ। जगन्नाथ खतिवडा प्रचार विभाग प्रमुख बनाइएको छ भने प्रवास इन्चार्ज श्रीप्रसाद शाह बनेका छन्।

 

 

प्रतिक्रिया