नेपालगञ्ज विमानस्थलबाट जुत्ताभित्र लुकाएको ४ किलो सुनसहित दुई पक्राउ


बाँके — बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा खादुनावारी–६ बस्ने अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ–२ बस्ने वर्ष २८ का बुद्धिमान खाती छन् । उनीहरू  श्री एयरलाईन्सको काठमाडौँ–नेपालगञ्जको नियमित उडानमार्फत आएको बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक (एसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।

विमानस्थलको आगमन कक्ष बाहिर शंकास्पद रुपमा रहेका उनीहरुलाई प्रहरीको टोलीले सोधपुछ तथा खानतलासी गर्दा उक्त सुन बनामद भएको एसपी न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार अमिल लगुन विश्वकर्माले लगाएको दाँयारबाँया जुत्तामा रहेको २/२ बिस्कुट सुन र बुद्धिमान खातीले लगाएको जुत्ताको तलुवामा रहेको १/१ पीस बिस्कुट सुन गरी जम्मा ६ थान बिस्कुट (काँचो सुन ३ किलो ९९४ ग्राम) बरामद भएको उनले बताए ।

यसैगरी खातीले बोकेको कालो रंगको झोला जाँच गर्दा तिलहरी १ थान, बाला १ थान र गणेश लकेट ५ थान (तौल २७.४९ ग्राम) गरि जम्मा ४ किलो २१.४९ ग्राम सुन बरामद भएको उनले बताए ।

उनीहरूलाइ थप अनुसन्धान जारी राखिएको पनि प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया