रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने


काठमाडाैं – पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा सात नम्बरको जर्सी लगाउने भएका छन् । १२ वर्षपछि क्लबमा फर्किएका रोनाल्डोले ७ नम्बरको जर्सी लगाउने क्लबले पुष्टि गरेको हो ।

रोनाल्डोले यो नम्बर उरुग्वेका स्ट्राइकर एडिन्सन काभानीबाट पाउन लागेका हुन् । गएको सिजनमा काभानीले युनाइटेडमा ७ नम्बर जर्सी लगाएका थिए । काभानी आफैँले पनि रोनाल्डोलाई ७ नम्बर जर्सी दिन सहमति जनाएका छन् । अब काभानीले २१ नम्बर जर्सी लगाउने भएका छन् ।

पाँच दिनको आइसोलेशन पूरा गरेपछि रोनाल्डोले टिमसँग अभ्यास गर्नेछन् । म्यानचेस्टर युनाइटेडले यही सेप्टेम्बर ११ मा न्युक्यासलसँग खेल्दैछ, यही खेलबाट रोनाल्डोले १२ वर्षपछि म्यानचेस्टर युनाइटेडमा दोस्रो पटक डेब्यु गर्ने सम्भावना रहेको छ । बीबीसी

प्रतिक्रिया