नेपाल आउदै अमिताभ बच्चन, ४५ दिन बस्ने तालिका


काठमाडौं – बलिउड अभिनेता अमिताभ बच्चन ४५ दिनको बसाईका लागि नेपाल आउने भएका छन् । उनको नेपाल आगमन केवल घुम्नका लागि भने हुने छैन ।

निर्देशक सुरज बडजात्याको नयाँ पारिवारिक फिल्म ‘ऊँचाई’को सुटिङका लागि उनी नेपाल आउन लागेका हुन् । फिल्ममा बोमन इरानी र अनुपम खेरको पनि प्रमुख भूमिकामा अभिनय रहनेछ ।

दैनिक भास्करका अनुसार नेपालमा यो फिल्मको सुटिङ अक्टोबरबाट सुरु हुनेछ । नेपालमा ४० देखि ४५ दिनसम्मको सुटिङ तालिका निर्माण पक्षले तयार पारेका छन् । फिल्मको बाँकी हिस्सा मुम्बई र नयाँदिल्लीमा खिचिनेछ ।

फिल्म सन् २०२२ को मध्यमा रिलिज हुनेछ । फिल्मले साथीबीचको सम्बन्धलाई उजागर गर्नेछ । फिल्ममा अमिताभ, बोमन, अनुपम र अभिनेत्री नीना गुप्ता मिल्ने साथी हुनेछन् । फिल्ममा पंकज त्रिपाठीको पनि अभिनय हुनेछ ।

प्रतिक्रिया