भिन्न भिन्नै स्थानमा ६ जना मृत अवस्थामा फेला


काठमाडौं – ओखलढुङ्गा, सिद्दिचरण नगरपालिका-७ टोड्के बस्ने ४० वर्षीया मिना कुमारी श्रेष्ठ सिद्दिचरण नगरपालिका-७ स्थित टोड्के सामुदायिक जंगलमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । घरबाट कसैलाई नसोधी हिडेकी उनको खोजी गर्ने क्रममा सोही जगंलमा शव फेला परेको हो ।

झापा, अर्जुनधारा नगरपालिका-६ बिहानी टोल डेरा गरी बस्ने सोही नगरपालिका-१० घर भएकी ४५ वर्षीया साबित्रा बिक आफ्नै डेराबाट करिब १ सय मिटर टाढा बाटो छेउमा  सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

लमजुङ, सुन्दरबजार नगरपालिका-७ तल्लोबजारस्थित झिगेखोलाको झाडीमा  सोही ठाउँ बस्न ५२ वर्षीय रामचन्द्र ढुंगाना सोमबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, केराबारी गाउँपालिका-८ खदम खोलामा सोही गाउँपालिका-१० बस्ने ४० वर्षीय धन बहादुर निरौला सोमबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-१५ मैहिना पथस्थित नालामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

कास्की, पोखरा महानगरपालिका-१४ मझेरी खोलास्थित ढुङ्गामा हाल नाम, थर, वतन नखुलेका करिब २७ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया