पेरिसडाँडामा माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक जारी


काठमाडौं – पार्टी कार्यालय पेसिडाँडामा नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ ।

सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका हुन् । बैठक केहीबेर अघि सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

प्रेस संयोजक सापकोटाका अनुसार बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल केन्द्रीत छ । यसअघि गत साता बसेको नेकपा माओवादी केन्द्रको बैठकले सातै प्रदेशका इन्चार्ज र सह इन्चार्ज र जिल्ला समन्वय समितिको प्रमुख तोकेको थियो । तर कतिपय प्रदेशका पदाधिकारीहरुले पूर्णता पाएको थिएन ।

प्रतिक्रिया