काठमाडौँ महानगरको कार्यालय अगाडि फोहोर प्रदर्शन


काठमाडौं – तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौँ महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारिएको छ ।

सोमबार सुन्धारास्थित काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारिएको हो ।

यसैगरी सोमबार मात्रै उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका थिए ।

देउवालाई भेट्न सोमबार मेयर उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया