

बिपी प्रतिष्ठान वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयाेजना

काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम हुने भएको छ। प्रतिष्ठान शुद्धीकरण अभियानका अभियान्ताहरुले वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने तयारी गरेको डा अमृत जैशीले जानकारी दिए।
उनका अनुसार सप्ताह व्यापी कार्यक्रम अन्तर्गत भदौ १९ गते प्रतिष्ठान सरसफाई कार्यक्रम, भदौ २० गते कविता प्रतियोगिता, भदौ २१ गते शिक्षा र स्वास्थ्य सेवामा शुद्धीकरण कति आवश्यक विषयमा वक्तृत्वका प्रतियोगिता भदौं २२ गते फोटो प्रदर्शनी, भदौ २३ गते मिनि म्याराथम र वार्षिकोत्वसको दिन भदौ २४ गते बिपी कोइरालाको शालिकमा माल्यार्पण, झण्डोत्तोलन कार्यक्रम, सम्मान तथा पुरस्कार वितरण र दीप प्रज्वलन गर्ने तयारी भएको छ।
प्रतिष्ठानको वार्षिकोत्सवका दिन सबैले आआफ्नो ठाउँमा रहेर अनियमितता र भ्रष्टाचार विरुद्ध प्रतिष्ठानको शुद्धीकरणका लागि दिप प्रज्वलन गरि प्रतिष्ठानको प्रतिष्ठा पुन फर्काउने आब्हान सहित विश्वव्यापी दिप प्रज्वलन गर्ने जनाइएको छ।

