कोभिडको अल्फा भन्दा डेल्टा भेरियन्ट खतरनाक रहेको बेलायती अध्ययनको निष्कर्ष


काठमाडौँ – कोभिड–१९ को अल्फा भेरियन्टको तुलनामा डेल्टा भेरियन्ट खतरनाक रहेको एक अध्ययनले देखाएको छ ।

बेलायतमा गरिएको एक अध्ययनले अहिलेको अवस्थामा अल्फाको तुलनामा डेल्टा भेरियन्टका सङ्क्रमित दुई गुणा बढीले अस्पताल भर्ना हुने गरेको देखाएको हो । बेलायतमा पछिल्लो समय डेल्टा भेरियन्टको सङ्क्रमण अत्याधिक फैलिएको छ ।

जानकारहरूका अनुसार कोभिडका सबै भेरियन्ट सङ्क्रमणबाट हुने जोखिम कम गर्न कोरोनाविरुद्धको खोप महत्त्वपूर्ण साबित भएको छ ।

मेडिकल पब्लिक हेल्थ इंग्ल्याण्ड र मेडिकल रिसर्च काउन्सिलको नेतृत्वमा भएको अनुसन्धानमा ४३ हजार बढी सङ्क्रमितलाई सहभागी गराइएको थियो ।

सहभागीमध्ये धेरैजसो कोरोनाविरुद्धको कुनै पनि खोप नलगाएका थिए । बेलायतमा १६ वर्ष भन्दा माथि उमेर समूहका करिब ८८ प्रतिशतले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाइसकेका छन् भने ७८ प्रतिशतले दुवै खोप लगाएका छन् । एजेन्सी

प्रतिक्रिया