दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माधव नेपालको माग


काठमाडौं– नेकपा एमालेका नेता माधवकुमार नेपालले चितवनको दासढुंगामा २८ बर्ष पहिला भएको मदन भण्डारी र जीवराज आश्रित सवार जीप दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्।

सोमबार परेको मदन–आश्रित स्मृति दिवसको मौकामा विज्ञप्ति जारी गर्दै नेता नेपालले उक्त दुर्घटनामा बाँचेका चालक अमर लामाको हत्याले घटनालाई रहस्यमय बनाएको भन्दे सत्यतथ्य पत्ता लगाउन माग गरेका हुन्।

३ जेठ, ०५०मा नेकपा एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको दुर्घटनामा निधन भएको थियो। उक्त घटना अहिले पनि रहस्यमय नै रहेको छ।

प्रतिक्रिया