खोपमा पक्षपातरहित पहुँच बढाउनुपर्नेमा नेपालको जोड


काठमाडौं – नेपालले कोभिड–१९ को विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभ पाउन खोपमा पक्षपातरहित पहुँच बढाउनुपर्नेमा जोड दिएको छ ।

‘संयुक्त राष्ट्रसङ्घ महासचिवका सन् २०२२ का प्राथमिकताहरू’ विषयमा राष्ट्रसङ्घीय महासभाको शुक्र बाह्रको अनौपचारिक बैठकमा नेपालले महामारी पूर्वको अवस्थामा विश्वलाई फर्काउन खोपमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्न अपरिहार्य भएको बताएको हो ।

बैठकमा संयुक्त राष्ट्रसङ्घ लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभका लागि खोप महत्वपूर्ण रहेको उल्लेख गर्दै संसार धनमा गरिब नभएर नैतिक शक्ति बाँडफाँटको न्यायमा गरिब रहेको बताए ।

प्रतिक्रिया