

नेटफ्लिक्समा सुरु भयो गेम खेल्ने सुविधा

काठमाडौं – भिडियो स्ट्रिमिङ जायन्ट नेटफ्लिक्समा अब भिडिओ गेम पनि खेल्न सकिने भएको छ । त्यसको सुरुवात कम्पनीले पोल्याण्डबाट गरेको छ । परीक्षणको रुपमा कम्पनीले पोल्याण्डमा रहेका आफ्ना प्रयोगकर्तालाई यो फिचर उपलब्ध गराएको हो ।
पोल्याण्डका ट्वीटर प्रयोगकर्ताले ट्वीट गर्दै यसबारे जानकारी दिएको हुन् । उनले एन्ड्रोइड प्रयोगकर्ताको नेटफ्लिक्स अकाउण्टमा ‘स्ट्रेन्जर थिंङ १९८४’ र ‘स्ट्रेन्जर थिङ ३’ जस्ता गेममा एक्सेस उपलब्ध भएको बताएका छन् ।
Let’s talk Netflix and gaming.
Today members in Poland can try Netflix mobile gaming on Android with two games, Stranger Things: 1984 and Stranger Things 3. It’s very, very early days and we’ve got a lot of work to do in the months ahead, but this is the first step. https://t.co/yOl44PGY0r
— Netflix Geeked (@NetflixGeeked) August 26, 2021
यसअघि कम्पनीले नेटफ्लिक्सको प्याकेज खरिद गर्ने प्रयोगकर्ताले सोही प्याकेज तथा शुल्कमा भिडियो गेम समेत उपलब्ध गराउने जनाएको थियो । कम्पनीले पहिलो चरणमा यसलाई परीक्षणका रुपमा सीमित प्रयोगकर्तामाझ उपलब्ध गराएको हो ।
उनीहरूबाट आएको प्रतिक्रियाका आधारमा यसलाई नयाँ आयामको रुपमा अघि बढाउने बताएको छ । कम्पनीका अनुसार यो फिचर मोबाइल फोन प्रयोगकर्ताका लागिमात्रै उपलब्ध हुनेछ ।

