बाढी-पहिरोको क्षतिबारे छलफल गर्न गृहमन्त्रीले डाके बैठक


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण भएको क्षतिबारे छलफल गर्न बैठक बोलाएका छन् ।

गृह मन्त्रालयमा बस्ने बैठकमा बिहिबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोको क्षति र आगामी रणनीतिबारे छलफल हुने गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले बताए ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेल सहभागी हुनेछन् ।

त्यस्तै बैठकमा गृह मन्त्रालयको विपद् ब्यवस्थापन महाशाखाका प्रमुख पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया